म्यादी प्रहरीका लागि शारिरीक परीक्षा शुरु (तस्बीरहरू)

काठमाडौँ । म्यादी प्रहरी भर्नाका लागि शारीरिक परीक्षा शुरू भएको छ । काठमाडौँ प्रहरी परिसर टेकुमा फाराम बुझाएकाहरूको किर्तिपुरस्थित ल्याबेरोटरी स्कुलको मैदानमा शारीरिक परीक्षा लिन थालिएको हो ।

शारिरीक परीक्षा अन्तगर्गत १००० मिटर दौड, पुस अप, सेट अप लगायत परीक्षा लिने काम शुरू भएको हो । १००० मिटर दौड  पुरुषले ५ मिनेटमा र महिलाले ७ मिनेटमा पूरा गर्नुपर्ने प्रहरीले जनाएको छ । यसैगरी पुसअप र सेटअप १०-१० पटक गर्नुपर्ने छ ।

यसको नजिता चैत २० गते प्रकाशन गरिने र त्यस्पछी मेडिकल, लिखित परीक्षा र मौखिम परीक्षा लिइ छनौट गरिने प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *