रवीन्द्र मिश्र नेपाली राजनीतिका ‘छोटे हिट्लर’ हुन् : मिलन पाण्डे

काठमाडाैँ । विवेकशील साझा पार्टीका संयाेजक मिलन पाण्डेले पार्टी अध्यक्ष रवीन्द्र मिश्रलाई ‘छाेटे हिट्लर’काे संज्ञा दिएका छन् । मंगलबार पार्टी कार्यालय, बखुण्डाेलमा पत्रकार सम्मेलन गर्न नदिएपछि संयाेजक पाण्डेले यस्ताे बताएका हुन् । ‘रवीन्द्र मिश्र नेपाली राजनीतिका छोटे हिट्लर हुन्,’ संयाेजक पाण्डेले भनेका छन् ।

यस्तै उनले अध्यक्ष मिश्रले पार्टी कब्जा गर्न खाेजेकाे आराेप लगाएका छन् । ‘आज रवीन्द्र मिश्रले आफ्नै पार्टीका नेताहरूलाई पार्टी अफिसमा प्रवेशमा रोक लगाएर पार्टी कब्जा गर्ने प्रयत्न गरेका छन्,’ संयाेजक पाण्डेले भने, ‘यो उनको अर्को अलोकतान्त्रिक कदम हो ।’

संयाेजक पाण्डे पक्षले मंगलबार बिहान पार्टी कार्यालयमै पत्रकार सम्मेलन गर्ने बताएकाे थियाे । तर, अध्यक्ष मिश्र पक्षले कर्मचारीबाहेक अन्यका लागि पार्टी केन्द्रीय कार्यालय बन्द गरेको सूचना जारी गरेको थियाे । यसपछि संयाेजक पाण्डेले यस्ताे बताएका हुन् ।

यसअघि साेमबार असन्तुष्ट पक्षकाे बैठक बसेकाे थियाे । उक्त बैठकले अध्यक्ष मिश्रलाई कारबाही गर्नेगरी छलफल गरेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 16 =