डोटीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु
२०७८ चैत १५ गते

डोटी । डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका–७ पोखरीको तिनट्टेमा से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक कैलालीको गौरीगङ्गा नगरपालिका– ४ का ज्ञानबहादुर चौधरीको मृत्यु भएको हो ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा अछामको चौरपाटी गाउँपालिका–३ का नरबहादुर भुल घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएको छ । ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
२०७८ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित








