धनुषामा मोटरसाइकल दुर्घटना हुँदा ४ बालकको मृत्यु

काठमाडौँ । धनुषामा मोटरसाइकल दुर्घटनामा परी चार बालकको मृत्यु भएको छ । जिल्लाको सबैला नगरपालिका- १२ बरकुर्वामा ज६प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चार जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा सबैला नगरपालिका २ बस्ने १५ वर्षीय राहुल यादव, १२ वर्षका लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ वर्षका सुमित यादव रहेको धनुषा प्रहरीले जनाएको छ ।

दुर्घटनामा सबैला-२ का १९ वर्षीय सुरेन्द्र यादव घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरधाममा  उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *