निर्माण सम्पन्न नहुँदै नगरपालिका भवनको उद्घाटन, एकजना पक्राउ

धनगढी । कैलालीको गोदावरी नगरपालिकाको निर्माणाधीन भवनको उद्घाटन गरिएको छ । गोदावरी नगरपालिका–२ मा निर्माणाधीन अवस्थामा रहेको भवनको नगरप्रमुख हरिसिंह साउँदले उद्घाटन गरेका हुन् ।

निर्माणाधीन भवनको निर्माण कार्य सम्पन्न नगरी उद्घाटन गरिन लागिएको भन्दै स्थानीयले विराेध गरेपनि नगरप्रमुख साउँदले कडा सुरक्षाकाबीच भवनको उद्घाटन गरे । उद्घाटन कार्यक्रमका क्रममा बिरोध भएपछि एक जना पक्राउ परेका छन् ।

उद्घाटनमा क्रममा कालो झण्डा देखाउन खोजेपछि स्थानीय युवा एलआर ओझा पक्राउ परेका हुन् । निर्माणाधीन भवनको उद्घाटन गरिन लागिएको भन्दै आइतवार नेपाली काँग्रे्रेसले नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *