माओवादीले जित्नु ‘संविधान’ ले जित्नु हाे : प्रचण्ड

काठमाडाैँ । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीका लागि निर्वाचन निर्वाचन मात्रै नभएकाे बताएका छन् । माओवादीका लागि निर्वाचन ‘लडाइँ’ नै भएकाे प्रचण्डकाे भनाइ छ । ‘हाम्राे लागि निर्वाचन निर्वाचन मात्रै हाेइन,’ साेमबार राेल्पा पुगेका उनले भनेका छन्, ‘हाम्राे लागि निर्वाचन लडाइँ नै हाे । हिजाे हामी बन्दुकसहित लड्थ्याैँ, अहिले बन्दुक त छैन हामीसँग । तर, अहिले पनि हामीले लडेकाे लडाइँ नै हाे ।’

माओवादी जितेकाे खण्डमा संविधानले जितेकाे हुने प्रचण्डकाे भनाइ छ । ‘माओवादी जिते मात्रै संविधान र व्यवस्थाले जितेकाे हुन्छ,’ उनले भनेका छन्, ‘हामीले हार्‍याैँ र अरुले जिते भने त्याे प्रतिक्रियावादीहरूले जितेकाे हुन्छ । संविधानकाे रक्षा हुनका लागि माओवादीले जित्नुपर्छ ।’

फरक प्रसङ्गमा प्रचण्डले देशलाई दुर्घटनाबाट बचाउने पार्टी माओवादी केन्द्र नै रहेकाे दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 13 =