रवीन्द्र मिश्रबाट ‘कस्ताे नेता बन्नु हुन्न’ भनेर सिकेँ : मिलन पाण्डे

काठमाडाैँ । विवेकशील साझा पार्टीका संयाेजक मिलन पाण्डेले पार्टी अध्यक्ष रवीन्द्र मिश्रबाट ‘कस्ताे नेता बन्नु हुन्न’ भनेर सिकेकाे बताएका छन् । साेमबार बिहान आफ्नाे आधिकारिक फेसबूकमार्फत भनेका छन्— ‘मैले विगत १० वर्षमा दुई जना नेताहरूसँग नजिकबाट काम गरेँ । उज्वल थापा दाइबाट कस्तो नेता बन्नुपर्छ भनेर सिकेँ । रवीन्द्र मिश्रजीबाट कस्तो नेता बन्नुहुन्न भनेर सिकेँ ।’

आफ्नाे लागि याे सिकाइ महत्त्वपूर्ण रहेकाे संयाेजक पाण्डेले बताएका छन् । ‘कम उमेरमै ज्वलन्त उदाहरण र भोगाइहरू सहितको यो सिकाइ मेरो लागी निकै महत्त्वपूर्ण रह्यो,’ उनले भनेका छन् । यस्तै उनले दुवै नेतालाई धन्यवाद दिएका छन् ।

पाण्डेलाई अध्यक्ष मिश्रले यसअघि नै कारबाही गरिसकेका छन् भने त्यसविरुद्ध पाण्डेले सवाेच्च अदालत पुगेका छन् । साे मुद्दा अहिले विचाराधीन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − five =