बलात्कार मुद्दामा पाँच वर्ष कैद तोकिएका फरार पक्राउ

काठमाडाैँ । बलात्कार मुद्दामा ५ वर्ष कैद तोकिएका फरार इब्रार भन्ने इबरार अहमद मनियार पक्राउ परेका छन् ।

बर्दियाको गुलरिया नगरपालिका–६ बस्ने ३० वर्षीय मनियारलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।

पक्राउ परेका मनियारलाई आवश्यक कारबाहीका लागि बर्दिया जिल्ला अदालत गुलरियामा बुझाइएको छ । जबर्जस्ती करणी मुद्दामा उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले पाँच वर्ष कैद सजाय तोकेपछि मनियार फरार रहेको नायब उपरीक्षक शाहीले जानकारी दिए । –रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *