पूर्व मन्त्री थापा राप्रपा केन्द्रीय सल्लाहकार समिति अध्यक्षमा मनोनीत
२०७८ चैत १३ गते

काठमाडौँ । पूर्व मन्त्री निरञ्जन थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सल्लाहकार समितिको अध्यक्ष पदमा मनोनीत भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व गृह र कानुन मन्त्री थापालाई राप्रपा केन्द्रीय सल्लाहकार समितिको अध्यक्ष पदमा मनोनीत गरेका हुन् ।
प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य रहेका रुपन्देही निवासी थापालाई केन्द्रीय सल्लाहकार समितिको अध्यक्ष पदमा मनोनीत गरेको जानकारी दिएका छन् ।

२०७८ चैत १३ गते
प्रतिक्रिया
सम्बन्धित








