नेकपा एमालेको स्थायी कमिटी बैठक जारी, ओलीद्वारा चिनियाँ विदेशमन्त्री यीसँगकाे भेटबारे बिफ्रिङ
२०७८ चैत १३ गते

काठमाडाैँ । नेकपा एमालेको प्रथम स्थायी कमिटी बैठक महाराजगञ्जस्थित रोयल दरवार रेष्ट्रो एण्ड भेन्युमा बसिरहेकाे छ ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भएको भेटबारे बिफ्रिङ गरेका छन् । वाङसँगको भेटवार्तामा नेपालको सरोकारका विषयमा खुलेर छलफल भएको ओलीले बताएका छन् ।
त्यस्तै, ओलीले निर्वाचन आयोगले चुनाव चिह्नमा हरियो रङ राख्नु आपत्तिजनक विषय भएकोसमेत उल्लेख गरेका छन् । उनले राजनीतिक दलहरूसँग परामर्श नगरी एउटा दललाई फाइदाका लागि त्यसाे गरिएकाे समेत बताए ।
२०७८ चैत १३ गते
प्रतिक्रिया
सम्बन्धित








