फर्किए चिनियाँ विदेशमन्त्री वाङ यी

काठमाडाैँ । तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री स्वदेश फर्किएका छन् । २५ सदस्यीय भ्रमण टोलीसहित शुक्रबार काठमाडौँ आएका यी आइतबार चीन फर्केका हुन् ।

बिहानमा शिवपुरीमा हाइकिङ गएका यी ले शनिबार औपचारिक भेटघाट थालेका थिए । उनले नेपालका समकक्षी डा. नारायण खड्कासँग भेटघाट गरेका थिए ।

चिनियाँ विदेशमन्त्रीकाे भ्रमणका क्रममा नेपाल र चीनबीच ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएकाे छ । भ्रमणका क्रममा यीले राष्ट्रपति, प्रधान मन्त्री लगायत दलका शीर्ष नेताहरूसँग भेट गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 17 =