बीआरआई आयोजना अघि बढाउन र नाका सञ्चालन गर्न चिनियाँ विदेशमन्त्रीलाई ओलीको आग्रह

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीले बीआरआईसँग सम्बन्धित आयोजनाहरू तत्काल अगाडि बढाउन चीनलाई आग्रह गरेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटवार्तामा ओलीले बीआरआईसँग सम्बन्धित परियोजना अघि बढाउन र नेपाल चीनका नाकाहरू सञ्चालन गर्न आग्रह गरेको भेटपछि नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिए ।

ओलीले बीआरआई अन्तरगतका सडक, रेल, सिंचाइ, जलविद्युत, सीमा नाका, स्वास्थ्य र शिक्षाका आयोजनालाई तत्काल अगाडि बढाउनुपर्नेमा जोड दिएको उनले जानकारी दिए ।

चिनियाँ विदेश मन्त्रीले तत्कालीन र दीर्घकालीन आयोजना छिटोभन्दा छिटो कार्यान्वयनमा लैजान चीन प्रतिबद्ध रहेको बताएको पनि भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =