चुनावको कार्ययोजना बनाउन एमाले स्थायी कमिटीको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमाले स्थायी कमिटीको पहिलो बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे महाराजगन्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा बस्ने भएकाे हाे ।

बैठक आसन्न स्थानीय निर्वाचनमा केन्द्रित हुने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर पार्टी पंक्तिलाई निर्वाचनमा परिचालन गर्ने योजना पनि बैठकले बनाउनेछ ।

एमाले स्थायी कमिटीमा पदाधिकारीसहित ४५ सदस्य छन् भने चार जना पदेन सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =