नेपाल र चीनबीच अन्तरदेशीय रेल तथा विद्युत लाइन निर्माण लगायतका विषयमा सम्झाैता

काठमाडाैँ । नेपाल र चीन सरकारबीच बिभिन्न नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

शनिबार सिंहदरबारमा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी र नेपालका परराष्ट्रमन्त्री डा नारायण खड्काको उपस्थितिमा दुईदेशका प्रतिनिधिबीच नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपाल र चीनबीच नेपाल चीन अन्तरदेशीय रेल निर्माणको सम्भाव्यता अध्ययन, नेपाल चीन अन्तरदेशीय विद्युत प्रशारण लाइन निर्माणका विषयमा समझदारी भएको छ ।

त्यस्तै, नेपालमा चिनियाँ स्वाथ्यकर्मीको टोली सेवा प्रवाह गर्ने, नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिने, नेपाललाई कोरोनाविरुद्धको आवश्यक खोप प्रदान गर्ने लगायतका विषयमा पनि समझदारी भएको छ ।

त्यस्तै, सिंहदरबारमा चीनका विदेशमन्त्री वाङ यी र परारष्ट्रमन्त्री खड्काबीच दुईपक्षीय सम्बन्धमा विषयमा छलफल भएको थियो ।

विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधि मण्डल शुक्रबार नेपाल आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =