आजबाट आईपीएल : नयाँ कप्तानले हाँकेका चेन्नइ र कोलकाता खेल्दै

काठमाडौँ । टी-ट्वेन्टि क्रिकेटको लोकप्रिय प्रतियोगिता आईपीएल शनिबारबाट सुरु हुँदै छ । पहिलो खेलमा गत संस्करणको च्याम्पियन चेन्नईले कोलकाता नाइटराइडर्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ मा सुरु हुने छ ।

चेन्नइले खेलको दुई दिन अघि मात्रै कप्तान महेन्द्र सिंह धोनीको ठाउँमा रविन्द्र जडेजालाई चेन्नईको कप्तान बनाएको छ । पछिल्लो पटक धोनीले २६ अप्रिल २०१९ मा टीमको कप्तानी गरेका थिएनन् । त्यसयता पहिलो पटक धोनी खेलाडीका रुपमा मात्र मैदान उत्रिंदैछन् । २०१९ को सिजनका दुई खेलमा धोनी फिट नभएपछि सुरेश रैनाले कप्तानी गरेका थिए ।

कोलकाता भने श्रेयस अय्यरको कप्तानीमा मैदानमा उत्रिंदैछ । पछिल्लो सिजन टीमको कप्तानी इंग्ल्यान्डका इयोन मोर्गनले गरेका थए । तर उनलाई यसपटक अक्सनमा कुनै टीमले लिएनन् । अय्यरले आफ्नो कप्तानीमा दिल्ली फाइनलसम्म पुर्‍याएका थिए ।

यी दुई टीमबीच आईपिएलमा अहिलेसम्म २८ खेल भएकोमा १८ खेलमा चेन्नईले र ९ खेलमा कोलकाताले जितेको छ । एक खेल भने नतिजाविहिन भएको छ ।

पछिलो पटक १५ अक्टोबर २०२१ मा भएको खेलमा चेन्नईले २७ रनको जित हात पारेको थियो ।

यसपटक प्रतियोगितमा मेगा अक्सन भएको थियो । जसका कारण केही खेलाडीहरू फेरिएका छन् ।
चेन्नेइ सुपरकिंग्सका खेलाडीहरू-
रबिन्द्र जडेजा कप्तान
महेन्द्रसिंह धोनी
ऋतुराज गाइक्वाड
मोइन अली
ड्वेन ब्राभो
अम्बाती रायडु
मिलेल स्यान्टनर
के एम आसिफ
भगत बर्मा
डिभोन कन्वे
तुसार देशपान्डे
शिवम दुबे
रोबिन उथप्पा
क्रिस जोर्डन
एडम मिल्ने
राजवर्धन हंगरकेकर
हरि निशान्त
नारायण जगदिशन
मुकेश चाैधरी
डिवाइन प्रेस्टोरियस
सुभ्रांशु सेनापती
सिमरजित सिंह
प्रशान्त सोलाङ्की
महिस थिक्साना
कोलकाताका खेलाडीहरू-
श्रेयस अय्यर कप्तान
अजिन्क्या रहाणे
साम बिलिङ
प्याट क्युमिन्स
एरोन फिन्च
चमिका करुणारत्ने
मोहम्मद नाबी
सुनिल नरैन
आन्द्रे रसेल
टिम साउथी
शिभव माबी
बैंकटैस यय्यर
उमेश यादव
बरुण चक्रवर्ती
अमान खान
अशाेक शर्मा
बाबा इन्द्रजीत
सेल्डोन ज्याक्सन
प्रथम सिंह
रमेशकुमार
नितिश राना
रिसक सलाम
अनुकुल रोय
रिंकु सिंह
अभिजित तोमार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *