नेपाल र चीनबिच ९ बुँदे समझदारी

काठमाडाैँ । नेपाल र चीनबीच नौबुँदे समझदारी भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा शनिबार परराष्ट्रमन्त्री डा‌ नारायण खड्का र चिनियाँ विदेशमन्त्री यी को उपस्थितिमा परराष्ट्र मन्त्रालयमा दुई देशबीच समझदारी भएको हो ।

शनिबार नै परराष्ट्र मन्त्रीस्तरमा र प्रतिनिधिमण्डलस्तरमा पनि छलफल गरि समझदारी गरिएको हो । कुन कुन विषयमा समझदारी भएको भन्ने सार्वजनिक भइसकेको छैन ।

विदेशमन्त्री यीले शनिबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने र पोखरा विमानस्थल हस्तान्तरण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *