पीएनजीसँग नेपाल फेरि पराजित

काठमाडौँ । पपुवा न्युगिनी (पीएनजी) सँगको दोस्रो एकदिवसीय क्रिकेटमा पनि नेपाल पराजित भएको छ । शनिबार कीर्तिपुरमा भएको खेलमा नेपाल पीएनजीसँग ३ विकेटले पराजित भएको हो । नेपालले दिएको २७९ रनको लक्ष्य पीएनजीले ८ बल बाँकी हुँदै ७ विकेट गुमाएर भेट्टायो ।

पीएनजीका लेगा सियाकाले ९० रन बनाए भने रिले हेकुरे ४८ रनमा नटआउट रहे ।

नेपालका सोमपाल कामीले तीन, पवन सर्राफले दुई तथा सन्दीप लामिछाने र आरिफ शेखले एक एक विकेट लिएपनि त्यसले पीएनजीको जितलाई रोक्न सकेन ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७८ रन बनाएको थियो । नेपालका दिपेन्द्रसिंह एेरीले १०५ रन बनाए । यस्तै देव खनालले ७२, रोहित पौडेलले ३५, भीम सार्कीले २६ र सन्दीप लामिछानेले नटआउट २४ रनको योगदान गरे ।

दिपेन्द्रले करियरको पहिलो अर्धशतक र पहिलो शतक प्रहार गरे भने यहि शृंखलामा मात्र डेब्यु गरेका देबले ७२ रनको सम्झनलायक इनिङ खेले । तैपनि टिम विजयी नहुँदा उनीहरुको प्रदर्शन केही फिका बन्न पुग्यो ।

पहिलो खेलमा पनि नेपाल पीएनजीसँग ६ रनले पराजित भएको थियो ।

भर्खरै युएईमा भएको डिभिजन टू क्रिकेट अन्तरगतका दुबै खेलमा पीएनजीलाई हराएको नेपाल घरेलु मैदानमा भने दुबै खेलमा पराजित हुन पुग्यो । यो शृंखलामा नेपालले केही युवा खेलाडीलाई माैका दिएको थियो । अनुभवी खेलाडीहरु ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी र करण केशीलाई आराम दिइएको थियो । यस्तै आसिफ शेख पनि टिममा परेका थिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *