आयोगमा दर्ता भएका सबै दल आए पनि एमालेसँग भिड्न सक्दैनन् : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै दल एकजुट भएर आए पनि एमाले एक्लै भिड्न र जित्न सक्षम रहेको दाबी गरेका छन् ।

एमालेको उद्योग व्यवसायी विशेष जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय सत्ता गठबन्धनमात्र होइन निर्वाचन आयोगमा दर्ता भएका सबै दल आएपनि एमालेसँग नतित्ने बताएका हुन् ।

त्यस्तै, उनले नेपाली कांग्रेससँग पनि एमालेसँग एक्लै भिड्छु भन्ने आँट नभएकाे दाबी गरे । प्रदेश सभापतिहरूलाई कांग्रेस सभापतिहरूले हप्काएको स्मरण गर्दै उनले एमालेसँग एक्लै भिड्छु भन्ने आँट कसैले गर्न नसकेकाे बताए ।

उनले भने, ‘अरूको त के ल्याकत भयो र कांग्रेसले पनि नसक्ने भनेर हात उठायो । प्रदेश सभापतिहरूले गठबन्धन नगरौँ एक्लै जाऊँ भन्दा देउवाजीले नचाहिने कुरा गर्ने ? एमालेसँग एक्लै लड्यो भने के हुन्छ थाहा छ ? त्यसैले तालमेल गर्नुपर्छ भन्नुभएछ । उहाँले टुप्पाबाट बसेर हेर्दा एमालेका पाखुरा देख्नुभयो र छक्क परेर तालमेल गर्नुपर्नेमा पुग्नुभयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nine =