तिला नदीमा डुबेर कालिकोटमा बालकको मृत्यु
२०७८ चैत १२ गते

प्रतीकात्मक तस्वीर
सुर्खेत । तिला नदीमा डुबेर कालिकोटमा एक बालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो दुई बजेको समयमा उनकाे नदीमा डुबेर बालकको मृत्यु भएको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयलाई प्रहरी चौकी खल्लागार्ड कालीकोटले दिएको जानकारी अनुसार कालिकोटको तिलागुफा नगरपालिका–६ का कलबहादुर शाहीको १४ वर्षीय अनिल शाहीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार तिला नदीमा कपडा धुदै गर्दा नदीमा बगेको कपडा लिन जादा डुबेर मृत्यु भएको जनाएको छ । अनिल डुबेको खबर स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी घटना स्थलमा पुगेर उद्धार गरेको बताएको छ ।
२०७८ चैत १२ गते
प्रतिक्रिया
सम्बन्धित








