महोत्सवमा पिङ दुर्घटना : १४ घाइते, तीनको अवस्था गम्भीर

काठमाडाैँ । कपिलवस्तु महोत्सवमा दर्शक सवार डुंगा पिङ दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । शुक्रबार साँझ भएको दुर्घटनामा तीन जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

बांणगंगा जितपुरमा सञ्चालित महोत्सवमा बाल उद्यानको डुंगा पिङ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताएका छन् । दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई उपचारको लागि बुटवल लगिएको उनले बताए ।

गम्भीर घाइते हुनेमा बाणगंगा नगरपालिका वडा नम्बर १ का अर्जुन क्षेत्री, सिर्जना थारु र कपिलवस्तु नगरपालिका-९ की आकृति खनाल रहेका छन् । सामान्य घाइते हुनेमा शितगंगा नगरपालिका-२ का मनीषा क्षेत्री, बाणगंगा नगरपालिका वडा नम्बर ४ का आशिका बिसी, अञ्चल पुन, बमबहादुर क्षेत्री, वडा नम्बर ८ का सीमा खत्री, महिमा चौधरी, सिर्जना सुनार, वडा नम्बर ९ का कृष्ण घर्ती मगर रहेका छन् ।

घाइते मध्ये चार जना सामान्य उपचारपछि घर फर्केका र सात जनाको कपिलवस्तुमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *