‘काल पर्खेर बसेका मान्छे’जस्ता भयाैँ, काेहीसँग नवीनता छैन : बाबुराम भट्टराई (भिडिओसहित)

काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा काेहीसँग ‘नवीनता’ नभएकाे बताएका छन् । काठमाडाैँमा आयाेजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष भट्टराईले यस्ताे बताएका हुन् । ‘कुरा नचपाइकन भन्नैपर्छ; मलाई आजकल यस्ता कार्यक्रमहरूमा जान मन लाग्दैन । उही पुरानाे कुरा दाेहाेर्याउँछाैँ त्याे पुरानाे टेपरेकर्डरजस्ताे । त्याे बिग्रिएपछि उही कुरा दाेहाेरिएकाे दाेहाेरिएकै हुन्थ्याे । आजकल हाम्रा विज्ञहरू, जानकारहरू, सत्ताका शीर्षास्थानमा बस्नुभएका व्यक्तित्वहरू, बाैद्धिकहरू र हामी सबैमा कुनै नवीनता छैन । हामी थाकेका, गलेका र काल पर्खेका मान्छेजस्ता हामी भएका छाैँ,’ अध्यक्ष भट्टराईले भनेका छन् ।
औपचारिक कार्यक्रमहरूबाट खास नयाँ कुराहरू नआउने अध्यक्ष भट्टराईकाे भनाइ छ ।
हामी कसैसँग नयाँ सोच छैन काल पर्खिएर बसेका जस्ता मात्र छौँ :बाबुराम भट्टराई @brb1954 pic.twitter.com/EbGcoqj2Sf
— Makalu Khabar (@makalukhabar) March 25, 2022








