महिला विश्वकप: समुह चरणमा अस्ट्रेलिया अपराजित

काठमाडौँ । एकदिवसीय महिला विश्वकपमा अस्ट्रेलियाले आफ्नो प्रभावशाली प्रदर्शन कायम राखेको छ। समुहचरणमा अपराजित रहने क्रममा अस्ट्रेलियाले अन्तिम खेलमा बंगलादेशलाई ५ विकेटले हरायो । यससँगै अस्ट्रेलियाले समुह चरणका सबै ७ खेल नै जित्न सफल भयो ।

पहिले ब्याटिङ गरेको बंगलादेशले ४३ ओभरमा अलआउट हुँदै १ सय ३५ रन बनाएको थियो । अस्ट्रेलियाले लक्ष्य ६५ बल बाँकी हुँदै ५ विकेट गुमाएर पुरा गर्‍यो।

अस्ट्रेलियाको जितमा बेथ मोनीले अविजित ६६ रन बनाइन् । सलमान खातुनले ३ विकेट लिएपनि बंगलादेशको हार टार्न सकिनन्।

पहिले ब्याटिङ गरेको बंगलादेशका लागि लता मोन्डलको ३३ रन सर्वाधिक रह्यो।

अस्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । दक्षिण अफ्रिका र अस्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाउँदा बाँकी दुई टीमको टुंगो भारत र दक्षिण अफ्रिका तथा इंग्ल्यान्ड र बंगलादेशको खेलले तय गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *