देउवासँग शेखरले भने- ‘समानान्तर कमिटी बनाएर अघि बढ्न दबाब आयाे’
२०७८ चैत ११ गते

काठमाडाैँ । प्रधान मन्त्रीसमेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । उनीहरूबीच प्रधान मन्त्री सरकारी निवास बालुवाटारमा भेटघाट भएकाे हाे ।
भेटमा नेता काेइरालाले नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्व चयन गर्दा परामर्श नगरेको भन्दै असन्तुष्टि जनाएका थिए । यसपछि आफूलाई समानान्तर कमिटी बनाएर अघि बढ्न दबाब आएकाेसमेत उनले सभापति देउवालाई सुनाएका थिए ।
सभापति देउवाले हालै मात्र नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए । त्यसपछि नेता काेइरालाले असन्तुष्टि पाेखेका हुन् ।
२०७८ चैत ११ गते
प्रतिक्रिया
सम्बन्धित








