रोहित र आरिफको कीर्तिमानी साझेदारी, रोहित बने वन डेमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी रोहित पौडेल र आरिफ शेखले कीर्तिमानी साझेदारी गरेका छन् । उनीहरूले पाँचौं विकेटका लागि १०४ रनको साझेदारी गरेका हुन् । यसक्रममा आरिफले ३४ रन बनाएर आउट भए । रोहितले शतक प्रहार गरेर नटआउट छन् ।

यो एकदिवसीय क्रिकेटमा नेपाली खेलाडीको सर्वाधिक रनको साझेदारी हो । यसअघि रोहित र आरिफले नै एकदिवसीयमा सर्वाधिक एक सय रनको साझेदारी गरेका थिए । जुन पीएनजीसँगै थियो ।

रोहित एकदिवसीय अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी पनि बनेका छन् । उनले ९१ बलमा अर्धशतक पूरा गरेका हुन् । यसअघि पारस खड्काले मात्र नेपालका लागि एकदिवसीय खेलमा शतक प्रहार गरेका थिए ।

उनी नेपालका तर्फबाट एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि भएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको अर्धशतकको संख्या पाँच पुगेको छ ।

नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ४ र पारस खड्काले २ अन्तर्राष्ट्रिय अर्धशतक बनाएका छन् । रोहितले ५४ बलमा ५० रन पूरा गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *