माओवादी नेता दीपक खड्काद्वारा साेताङ गाउँपालिका अध्यक्षकाे उम्मेदवारी घाेषणा

साेलुखुम्बु । साेलुखुम्बुकाे साेताङ गाउँपालिकाकाे अध्यक्ष पदमा माओवादी केन्द्रका नेता दीपक खड्काले उम्मेदवारी दिने घाेषणा गरेका छन् । नेता खड्काले शुक्रबार साेताङकाे शिवटार बजारमा आयाेजित एक कार्यक्रमका बीच उम्मेदवारी दिने घाेषणा गरेका हुन् ।

याे ७५३ वटा पालिकाहरूमध्येकै पहिलाे उम्मेदवारी भएकाे माओवादी केन्द्र, साेलुखुम्बुका संयाेजक असीम राईले बताए । ‘नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र,  सोलुखुम्बुले सम्भवत: ७५३ वटै स्थानीय तहमा पहिलो उम्मेदवार घोषणा गरेको छ । सोताङ गाउँपालिकामा माओवादी केन्द्रले सामाजिक छवि उच्च भएका जनप्रिय नेता क. दीपक खड्कालाई उम्मेदवारकाे रूपमा अघि सारेको छ,’ संयाेजक राईले भनेका छन् ।

खड्काले केही समयअघि मात्रै माओवादी प्रवेश गरेका थिए । ०७४ काे स्थानीय निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका उनले यसपटक भने जनसेवाका लागि जित्ने बताउँदै दाेहाेर्‍याउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =