विचार मिल्नेसँग गठबन्धन हुन्छ : अध्यक्ष नेपाल

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा विचार मिल्नेहरूसँग गठबन्धन गरेर जाने बताएका छन् ।

शुक्रबार काठमाडौँमा पार्टीनिकट महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीले निर्वाचनको तयारीलाई तीव्रता दिएको भन्दै विचार मिल्नेहरूसँग गठबन्धन गरेर जाने बताएका हुन् ।

उनले कांग्रेसका केही नेताहरू गठबन्धनको विपक्षमा र प्रधानमन्त्री शेर बहादुर देउवा गठबन्धनको पक्षमा रहेकाले कांग्रेसको औपचारिक निर्णय पर्खिरहेको धारणा पनि राखे । गठबन्धन नभए एक्लै चुनाव लड्ने तयारी रहेको भन्दै अध्यक्ष नेपालले केहि व्यक्तिहरू अहिले पनि गठबन्धन तोड्न लागिरहेको आरोप लगाए ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीले राप्रपासँग साँठगाँठ गर्न खोजिरहेको र त्यसका लागि सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेको बताए । दक्षिणपन्थी शक्तिहरू दक्षिणपन्थीसँग मिल्न खोज्ने भएपनि आफूहरू लोकतान्त्रिक र वामपन्थी शक्तिसँग मिलेर अघि बढ्ने उनले बताए । अध्यक्ष नेपालले ६ महिनाभित्रै आफ्नो पार्टी विस्तार भएका कारण वैरीहरू आतिएर मानसिक सन्तुलन गुमाउन थालेको टिप्पणी गरे ।

उनले मुलुकभर नै आफ्नो पार्टीमा प्रवेश गर्नेको महाभियान नै चलेको दावी गरे । त्यस्तै अध्यक्ष नेपालले यसअघि एमालेले ल्याएको लोकप्रिय कार्यक्रममा आफ्नो सहभागिता भएको धारणा पनि राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − five =