नेपालकाे आराेप- ‘राप्रपासँग तालमेल गर्न ओली सुटुक्क ज्ञानेन्द्रनिवास पुगे’

काठमाडाैँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहनिवास पुगेकाे आराेप लगाएका छन् । पार्टीनिकट महिला संघकाे भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै नेपालले यस्ताे बताएका हुन् । ओली राप्रपासँग तालमेल गर्न आतुर रहेकाे औंल्याउँदै नेपालले भनेका छन्, ‘हामीलाई कमजोर छ, त्यसैले तालमेल गर्न मरिमेटी लागेको आरोप लगाउँदैछन्, तर केपी ओली पनि गठबन्धन गर्दैछन् । सुटुक्क ज्ञानेन्द्रको निवास पुगेका छन्, राप्रपासँग तालमेल गर्न । विदेशीको दलाली गर्ने पार्टीसँग मिल्न खोजेका छन् ।’
यस्तै नेपालले आफ्नाे पार्टी विस्तार भएकाे देखेर विराेधीहरूले मानसिक सन्तुलन गुमाउन थालेकाे बताए । ‘मानसिक सन्तुलन गुमाएपछि त के बाेलेँ, के बाेलिनँ थाहै हुन्न,’ नेपालले भनेका छन्, ‘हाम्राे विराेधीहरू कूप्रचार गर्न पनि लागिरहेका छन् । तर यसबाट हामी अलिकति पनि अत्तालिनु हुन्न ।’
♦ याे पनि:
‘हाम्राे पार्टी फैलिएकाे देखेर विराेधीहरूले मानसिक सन्तुलन गुमाउन थाले’








