त्रिवि राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा सापकोटा

काठमाडौँ । त्रिवि राष्ट्रिय कर्मचारी संगठनको चौथो राष्ट्रिय अधिवेशनले शालिकराम सापकोटालाई केन्द्रीय कार्य समितिको अध्यक्ष पदमा चयन गरेको छ ।

बिहिवार नेपाल ल क्याम्पसमा सम्पन्न सम्मेलनले ३२ सदस्यीय नयाँ कार्य समिति समेत निर्वाचित गरेको हाे ।

समितिको वरिष्ठ उपाध्यक्षमा अनिता सापकोटा, उपाध्यक्षहरू राजु मल्ल, खैसरा काफ्ले, वसन्तराज जोशी, हरि थापा, जगत खत्री, लक्ष्मण घिमिरे, सुरेन्द्रप्रसाद यादव र पुजनकुमारी आचार्य चयन हुनुभएको छ भने महासचिवमा विजयराज ढुँगाना, सचिव द्वय विष्णु पौडेल र पुरुषोत्तम श्रेष्ठ तथा कोषाध्यक्षमा कुवीर राई र सह कोषाध्यक्षमा मन्टुकुमार मण्डल निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरूमा सरोजराज तण्डुकार, शमशेर हुसेन सिद्दिकी, हुम थापा, लव कुमार विश्वास, ममिना थापा, कल्पना पाण्डे, नरेन्द्रसिंह थामी, श्याम चौधरी, नविन लामिछाने, रामकुमार बोगटी, अन्तिम प्रशिद्द धिताल, इन्द्रा शाही, तुलसी दिवस महतारा, दिनेश कुइँकेल, शान्तबहादुर दंगाल, कविना बज्राचार्य, चित्रादेवी शर्मा, निर्मला भण्डारी, मोहन बहादुर श्रेष्ठ, निलुफर बन्जारा, गीता लामिछाने डिसी, मनोज महर्जन, सुशील भट्ट र सन्तोष कुमार सिंह चयन भएका छन् ।

सल्लाहकार, लेखा र अनुशासन समिति गठन
अधिवेशनले निवर्तमान अध्यक्ष यादवप्रसाद पोख्रेलको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । समितिमा अर्जुनप्रसाद लामिछाने, श्याम खड्का, प्रकाश ढकाल, जोगलाल महर्जन सदस्य रहेका छन् ।

यसैगरी सुदर्शन बस्नेतको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति गठन भएको छ । जसमा नवराज खनाल र रामराजा श्रेष्ठ सदस्य रहेका छन् भने हरिहर बस्नेतको संयोजकत्वमा अनुशासन समिति चयन गरिएको छ । समितिको सदस्यमा रन्जिता सापकोटा र प्रकाश शर्मा सदस्य चयन भएका छन् ।

अधिवेशनको उद्घाटन प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका नेता एवम् उर्जा मन्त्री पम्फा भुसालले गरेकी थिइन् । यसैगरी त्रिवि कर्मचारी संघ र त्रिविमा क्रियाशील अन्य कर्मचारी संघ, संगठनका प्रमुख एवम् प्रतिनिधिहरूले सम्मेलनको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथिहरू त्रिविका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाल, कानुन संकायका डीन प्रा.डा. विजयलाल सिँजापति, त्रिविका महाशाखा प्रमुखहरू लगायतले अधिवेशनमा शुभकामना मन्तव्य राखेका थिए ।

अधिवेशनमा देशभरिबाट त्रिविका क्याम्पस कार्यालयहरूका करिब दुई सय प्रतिनिधिहरूको सहभागिता रहेको कोषाध्यक्ष कुवीर राईले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =