नेविसंघका नवनियुक्त अध्यक्ष शेर्पाले सम्हाले पदभार

काठमाडाैँ । नेविसंघका नवनियुक्त अध्यक्ष दुजाङ शेर्पाले पदभार सम्हालेका छन् ।

शुक्रबार नेविसंघ कार्यालयमा पूर्वअध्यक्ष राजीव ढुँगानाले एक कार्यक्रमकाबीच शेर्पालाई पदभार हस्तान्तरण गरेका हुन् ।

पदभार ग्रहण गरेपछि अध्यक्ष शेर्पाले पार्टीले दिएको म्यान्डेड अनुसार निर्वाचन सकिएको तीन महिना भित्र संगठनको १२ औं महाधिवेशन गर्ने बताए । विद्यार्थी राजनीतिमा गुमेको विश्वासलाई फर्काउन आफूले पहल गर्ने उनको भनाई छ । त्यस्तै उनले आफ्नो कार्यकालमा कुनै पूर्वाग्रह नराखी संगठनलाई विस्तार र बलियो बनाउने दावी गरे ।

कांग्रेसले बुधबार शेर्पालाई नेविसंघको अध्यक्ष नियुक्त गरेको गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =