पीएनजीद्वारा नेपाललाई २९३ रनकाे लक्ष्य

काठमाडौँ । एकदिवसीय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई २९३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरमा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९२ रन बनायाे ।

नेपालका सोमपाल कामी, कमलसिंह ऐरी र दिपेन्द्रसिंह ऐरीले दुई दुई तथा सन्दीप लामिछाने र पवन सर्राफले एक एक विकेट लिए । पीएनजीका चाल्र्स अमिनीले ७७, असाद भालाले ६०, नोर्मन भौनाले ४७ र टोनी उराले ३८ रन बनाए ।

सोमपालले चौथो ओभरमा विकेट लिँदै राम्रो शुरुवात गराएपनि त्यसपछि नेपाली बलरहरुमाथि पीएनजीका ब्याटर हावी भएका थिए । २१ रन हुुँदा पहिलो विकेट गुमाएको पीएनजीले ७० रनमा दोस्रो, १४४ रनमा तेस्रो, १४५ रनमा चौथो, २०६ रनमा पाँचौ र २५४ रनमा छैटौँ, २८७ मा सातौँ र २९२ मा आठाैँ विकेट गुमायाे ।

यसै हप्ता यूएईमा भएकाे लिग टु अन्तर्गतका दुबै खेलमा नेपालले पीएनजीलाई हराएकाे थियो । लिग टू को टिममा रहेका ज्ञानेन्द्र मल्ल करण केशी र विनाेद भण्डारी अहिले नेपालको टिममा परेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *