त्रिवि राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा सापकोटा

काठमाडौँ । त्रिवि राष्ट्रिय कर्मचारी संगठनको चौथो राष्ट्रिय अधिवेशनले शालिकराम सापकोटालाई केन्द्रीय अध्यक्षमा चयन गरेको छ । नेपाल ल क्याम्पसमा सम्पन्न सम्मेलनले सापकोटाको नेतृत्वमा ३२ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा अनिता सापकोटा, उपाध्यक्षमा राजु मल्ल, खैसरा काफ्ले, वसन्तराज जोशी, हरि थापा, जगत खत्री, लक्ष्मण घिमिरे, सुरेन्द्रप्रसाद यादव र पुजनकुमारी आचार्य चयन भएका छन् । यस्तै, महासचिवमा विजयराज ढुँगाना, सचिवद्वय विष्णु पौडेल र पुरुषोत्तम श्रेष्ठ तथा कोषाध्यक्षमा कुवीर राई र सह कोषाध्यक्षमा मन्टुकुमार मण्डल चयन भएका छन् ।

समितिका सदस्यहरूमा सरोजराज तण्डुकार, शमशेर हुसेन सिद्दिकी, हुम थापा, लव कुमार विश्वास, ममिना थापा, कल्पना पाण्डे, नरेन्द्रसिंह थामी, श्याम चौधरी, नवीन लामिछाने, रामकुमार बोगटी, अन्तिम प्रशिद्द धिताल, इन्द्रा शाही, तुलसी दिवस महतारा, दिनेश कुइकेल, शान्तबहादुर दंगाल, कविना बज्राचार्य, चित्रादेवी शर्मा, निर्मला भण्डारी, मोहन बहादुर श्रेष्ठ, निलुफर बन्जारा, गीता लामिछाने डिसी, मनोज महर्जन, सुशील भट्ट र सन्तोष कुमार सिंह चयन हुनुभएको छ ।

अधिवेशनले निवर्तमान अध्यक्ष यादवप्रसाद पोख्रेलको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । समितिमा अर्जुनप्रसाद लामिछाने, श्याम खड्का, प्रकाश ढकाल, जोगलाल महर्जन सदस्य रहनु भएको छ । यसैगरी सुदर्शन बस्नेतको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति गठन भएको छ ।

जसमा नवराज खनाल र रामराजा श्रेष्ठ सदस्य रहनु भएको छ भने हरिहर बस्नेतको संयोजकत्वमा अनुशासन समिति चयन गरिएको छ । समितिको सदस्यमा रन्जिता सापकोटा र प्रकाश शर्मा सदस्य चयन भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *