विवेकशील साझा तत्काल राप्रपासँग एकताकाे पक्षमा छैन : संगठन विभाग प्रमुख

काठमाडाैँ । विवेकशील साझाले पार्टी तत्काल कसैसँग एकता गर्ने मनसायमा नरहेकाे जनाएकाे छ ।
राप्रपासँग एकताकाे चर्चा चलिरहेकाे बेला विवेकशील साझाका प्रवक्ता निर्देश सिलवालले एक विज्ञप्ति जारी गर्दै साझा र राप्रपाबीचकाे एकता हल्ला मात्रै भएकाे बताएका हुन् । उनले सञ्चारमाध्यममा आएका कुराहरूले गम्भीर बनाएकाे भन्दै कथंकदाचित ती हल्लाहरू सार्थक भएमा त्याे एकता नभइ केही व्यक्तिहरूकाे राप्रपा प्रवेश मात्रै हुने उल्लेख गरेका छन् ।
त्यस्तै उनले एकताका लागि पार्टीमा कुनै किसिमकाे समिति नबनेकाे भन्दै आधिकारिक रूपमा केन्द्रीय समिति वा कार्यसम्पादन समितिमा छलफल नभएको समेत उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘विवेकशील साझा पार्टी तत्काल राप्रपा वा कुनै पनि पार्टीसग एकीकरणको पक्षमा छैन । यो केन्द्र, प्रदेश, जिल्ला, पालिका तथा वडाका अत्यधिक सदस्यहरूको भावना हो । यसको अन्तिम पुष्ठि पार्टीको केन्द्रीय समितिले गर्नेछ ।








