एमालेले चैत भरिमा स्थानीय तहका उम्मेदवार तय गर्ने, ६ वटा मापदण्ड तय

काठमाडौँ । नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनमा उम्मेदवारका लागि ६ वटा मापदण्ड बनाएको छ । बिहीबारको केन्द्रीय कमिटी बैठकले स्थानीय तह निर्वाचनका लागि पार्टीको उम्मेदवार छनौट गर्न पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, निर्वाचित भएकाको कामको मूल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता तथा सन्तुलन र समावेशिलाई मापदण्ड बनाइएको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

अध्यक्ष केपी शर्मा ओलीले चैत मसान्तभित्र यी मापदण्डअनुसार स्थानीय तहका उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको पनि प्रचार विभाग उपप्रमुख रिजालले जानकारी दिए ।
उम्मेदवार सिफारिस गर्न वडाध्यक्षका लागि जिल्ला कमिटीले, गाउँपालिका र नगरपालिकाका प्रमुख उपप्रमुखको लागि प्रदेश कमिटीबाट र उपमहानगर र महानगरपालिकाका प्रमुख उपप्रमुखका लागि केन्द्रीय कमिटीले निर्णय गरिने उनले जानकारी दिए । यसका लागि सम्बन्धित वडादेखि जिल्ला र प्रदेश कमिटिहरुको सिफारिस पनि आवश्य पर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *