थप ३५ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा पाँच हजार २६८ जनाको कोरोना परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार २१९ रहेको छ । पछिल्लो २४ घण्टामा २६६ कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६४ हजार १२७ पुगेको छ । निको हुने दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा कोहीको पनि ज्यान गएको छैन । मन्त्रालयका अनुसार २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा ललितपुर र काठमाडौँ रहेका छन् । शून्य सङ्क्रमित भएका जिल्लामा धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, पूर्वरुकुम, बाजुरा, डोल्पा, हुम्ला र जुम्ला छन् ।

नेपालमा सङ्क्रमण दर १७.७ प्रतिशत छ । हाल होम आइसोलेशनमा दुई हजार १७९, संस्थागत आइसोलेशनमा ४०, आइसियुमा २१ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा ८३ हजार २५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *