प्रदीप ज्ञवालीको पुस्तक ‘दिशाबोध’काे लोकार्पण
२०७८ चैत १० गते

काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सो पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीबाट लिखित ‘दिशाबोध’ (समाजवादका आधार निर्माण) पुस्तकको लोकार्पण गरेका छन् ।
एमालेको जारी केन्द्रीय कमिटीको बैठकको आजको कार्यबाही सुरु हुनुअघि अध्यक्ष ओलीले उक्त पुस्तकको विमोचन गर्दै वर्तमान सन्दर्भमा मुलुकको राजनीतिक यात्रा र समृद्धिको लक्ष्यलाई थप स्पष्ट पार्न पुस्तकले भूमिका खेल्ने बताए ।
उनले पार्टीका नेता–कार्यकर्तालाई लेखपढ र प्रकाशनमा ध्यान दिन आग्रह गर्दै राजनीतिक सङ्घर्षको प्रतिफलबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न लाग्नुपर्नेमा जोड दिए ।
समसामयिक राजनीतिक स्थिति र एमालेको अवधारणामा आधारित सो कृति राष्ट्रिय युवासङ्घ नेपालले प्रकाशन गरेको हो ।
बुधबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक अहिले जारी छ ।
२०७८ चैत १० गते
प्रतिक्रिया
सम्बन्धित








