तत्काल लोडसेडिङ हुँदैन : कुलमान (भिडिओसहित)

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट विद्युत आयातमा समस्या देखिएपनि लोडसेडिङ नहुने स्पष्ट पारेका छन् ।

बिहीबार काठमाडाैँमा पत्रकार सम्मेलन गर्दै घिसिङले भारतमा विद्युतको मूल्य उच्च भएकाले खरिद नगर्दा केही समस्या देखिएपनि लोडसेडिङ नहुने स्पष्ट पारेका हुन् ।

उनले केही दिनभित्रै समस्या समाधान हुने बताए । घिसिङले सुख्खा मौसममा देखिएको संकट टार्न भारतसँग विजुली किन्न खोज्दा अत्यधिक महँगाे परेको बताए ।

भारतबाट महँगोमा बिजुली किन्दा ३५ दिनमै करिब ८ अर्ब रुपैयाँ बराबर घाटा हुने उनले जानकारी दिनुभयो । हालको समस्या छोटो अवधिको रहेको भन्दै उनले महँगोमै बिजुली किनेर भएपनि सबै उद्योगमा पर्याप्त बिजुली आपूर्ति गरिने बताए । रुस र युक्रेन युद्धको असर भारतीय उर्जा बजारमा पर्दा विद्युतको मूल्य वृद्धि हुनपुगेको उनले बताए । त्यस्तै उनले जेठपछि नेपालमै बिजुली उत्पादन बढ्ने र त्यसपछि समस्या नहुने दावी गरे ।

उनले अहिलेको बेस लोड करिब ११ सय ५० मेघावाट रहेको भन्दै विभिन्न आयोजनामार्फत विद्युत आपूर्ति सहज हुने विश्वास व्यक्त गरे ।

भिडिओ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 12 =