विमानस्थलकाे प्रतीक्षालयमा शुल्क तिर्नुपर्ने नियमको चाैतर्फि विरोध

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु प्रतीक्षालयमा बस्दा शुल्क लाग्ने भएपछि आलोचना भएको छ । नयाँ आगमन कक्षको सञ्चालनको जिम्मा पाएको आईएमएस एयरपोर्ट सर्भिसले आगमन कक्षमा सुपरियर कक्षका लागि ५० र डिलक्स कक्षका लागि १ सय रुपैयाँ शुल्क तोकेपछि अहिले यसको आलोचना भइरहेको छ ।

बाहिरी देशबाट आउने आफन्तलाई लिन पुग्नेहरूले घण्टौँ उभिएरै गुजार्नुपर्छ । यसै पनि उभिइरहँदा हुने सास्ती त छँदैछ, पानी र गर्मीको बेलामा यस्तो सास्ती झनै बढ्छ । नजिकै रहेको ‘आगमन कक्ष’ मा बस्नेलाई भने ५० र १ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । आफन्तलाई लिनका लागि विमानस्थलमा पुग्नेहरूले आगमन कक्षमा बस्दा शुल्क तिर्नुपर्ने नियम उचित नभएको त्यहाँ पुग्ने नागरिकहरू बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *