समाजवादको गन्तव्यलाई एमालेले मात्रै अघि बढाउन सक्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादको गन्तव्यलाई एमालेले मात्र अघि बढाउन सक्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीद्वारा लिखित पुस्तक ‘दिशाबोध’को विमोचनका साथै पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्य नै समाजवादको गन्तव्य भएको भन्दै यसलाई एमालेलेमात्र अघि बढाउन सक्ने बताएका हुन् ।

त्यस्तै उनले समाजवादको गन्तव्यमा पुग्न एमालेले आवश्यक नीति बनाउने धारणा राखे । कसैप्रतिको द्वेष र कसैप्रतिको आग्रहले कुनै राजनीतिक नीति नबनाउने उनको भनाई छ ।

कार्यक्रममा ओलीले नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा लगाएतलाई एमाले प्रवेश गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =