रामचन्द्रले बाेलाए निकटस्थहरूकाे बैठक
२०७८ चैत १० गते

काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निकटस्थहरूकाे बैठक आह्वान गरेका छन् । आसन्न निर्वाचनमा पार्टीले लिनुपर्ने रणनीति छलफल गर्न नेता पाैडेलले बैठक आह्वान गरेका हुन् ।
१४औं राष्ट्रिय महाधिवेशनमा सहभागी नभएका नेता पाैडेलले निकटस्थहरूकाे बैठक आह्वान गरेका हुन् । उनले साविक संस्थापनइतर समूहका नेताहरूलाई निमन्त्रण गरेकाे पाैडेलनिकट नेताहरूले बताएका छन् ।
कांग्रेसकाे केन्द्रीय समितिको बैठक शुक्रबार बस्दैछ । त्याेभन्दाअगावै उनले आफूनिकटका नेताहरूलाई गाेलबद्ध हुन आग्रह गरेका हुन् । सत्तारुढ गठबन्धनको समन्वय समितिका संयोजकसमेत रहेका पौडेल आसन्न निर्वाचनमा चुनावी तालमेल गर्नुपर्ने पक्षमा छन् ।
२०७८ चैत १० गते
प्रतिक्रिया
सम्बन्धित








