माओवादीबाट जितेका थुलुङ दुधकाेशीका वडाध्यक्ष भूपालसिंह राई एमाले प्रवेश

काठमाडाैँ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ९ का वडाध्यक्ष भूपालसिंह राईले एमाले प्रवेश गरेका छन् । ०७४ काे स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट जितेकाे राईले बिहीबार एमाले प्रवेश गरेका हुन् । वडाध्यक्ष राईसहित अन्य ६२ जना एमाले प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेहरूमा वडाध्यक्ष राईसहित वडा सदस्यद्वय रेणुका रसाइली र सोमकुमार तामाङसमेत रहेका छन् ।

उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् । बुधबारबाट एमालेकाे तेस्राे केन्द्रीय कमिटी बैठक चलिरहेकाे छ । काठमाडाैँकाे बबरमहलस्थित कार्की बैङ्क्वेटमा चलिरहेकाे दाेस्राे दिनकाे बैठकपूर्व नै अध्यक्ष ओलीले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् ।

अधिकांश नवप्रवेशीहरू माओवादी त्यागेर आउनेहरू छन् ।

यसअघि वडाध्यक्ष राईसहित दुई वडासदस्यहरूलाई पार्टीले कारबाही गरेकाे थियाे । बुधबार विज्ञप्ति सार्वजनिक गर्दै माओवादी केन्द्र, साेलुखुम्बु संयाेजक असीम राईले जनपक्षीय र पार्टी पद्धतिमा रहेर काम गर्न पटक-पटक निर्देशन दिएको भएपनि पार्टी आचारण र जनहितविपरीतका कार्यहरू प्रदर्शन गरेको, मुलुकका प्रतिगमनकारी शक्तिहरूसँग अनावश्यक साँठगाँठ गरी पार्टीलाई नै बद्‌नाम गराउनेगरी अगाडि बढेको पाइएकाले कारबाही गर्न बाध्य भएको बताएका थिए ।

संयाेजक असीम राईद्वारा जारी विज्ञप्ति:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 11 =