जसपा तेस्रो धारको भ्रूण : बाबुराम

काठमाडौँ । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा तीन धार हुने बताएका छन् । पूर्व प्रधान मन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

राजनीतिको दुई हैन तीन धार हुने र जसपा तेस्रो धारको भ्रूण भएको उनको भनाई छ । ‘नेपाली राजनीतिको दुई हैन तीन धार हुनेछ है ! कांग्रेसको उदारवादी लोकतान्त्रिक धार कायमै रहने बस्तुगत आधार छ । कम्युनिष्ट ब्राण्ड जति टुक्रा भएपनि त्यो एउटै धार हो र केही समय रहन्छ,’ उनले भनेका छन्, ‘अर्को तत्काल सानो तर भविष्यमा बढ्दै जाने र मूलधार बन्ने समावेशी लोकतान्त्रिक धार हो ! जसपा त्यसको भ्रूण हो !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =