एसईई दिनका लागि १४ वर्ष पुग्नुपर्ने बाध्यता हट्यो

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनका लागि १४ वर्ष पुग्नुपर्ने बाध्यता हटेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईई दिनका लागि १४ वर्ष पूरा हुनुपर्ने बाध्यात्मक व्यवस्था खारेज गरेको हो ।

यही चैत २ गते बसेको मन्त्रीस्तरीय निर्णयबाट एसईई दिने विद्यार्थी १४ वर्ष उमेर पुग्नुपर्ने थ्रेसहोल्ड खारेज गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । ‘अरू देशमा पनि माध्यमिक तह पार गर्न उमेरको बाध्यात्मक व्यवस्था छैन,’ उनले भने, ‘नेपालमा कतिपय विद्यार्थी १४ वर्षअघि नै कक्षा १० मा पुग्ने क्रम सुरु भएकोले कक्षा १० को वार्षिक परीक्षामा रहेको उमेर हद हटाएको हो ।’

नेपालमा कतिपय विद्यार्थीहरू १४ वर्षअघि नै कक्षा १० मा पुग्ने क्रम सुरु भएकोले कक्षा १० को वार्षिक परीक्षामा रहेको उमेर हद हटाइएको हो । बालबालिकाको वृद्धि विकासको दृष्टिले पाँच वर्ष पुगेपछि मात्रै विद्यालयमा भर्ना गर्नु ठिक हुने तर, कतिपय बालबालिकाले केही कक्षा नपढी माथिल्लो कक्षामा जान सक्ने अवस्था हुने भएकाले उमेरको हद हटाउनु उपयुक्त देखिएको शर्माको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =