कर्णालीमा घट्दै क्षयरोगका बिरामी

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो तीन वर्षको तथ्यांक हेर्ने हो भने क्षयरोगका बिरामी घट्दै गएका छन् । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले दिएको तथ्यांकले कर्णालीमा क्षयरोग घट्दै गएको देखाएको हो । आर्थिक वर्ष २०७४/०७५ मा क्षयरोगका बिरामीको संख्या एक हजार ६ सय ३२ रहेकोमा आर्थिक वर्ष २०७/०८९ को ६ महिनामा बिरामीको संख्या घटेर सात सय ३९ मा झरेको छ ।

कुन जिल्लामा क्षयरोगको अवस्था कस्तो ?

जिल्लागत तथ्यांक हेर्ने हो भने सबैभन्दा बढि क्षयरोगका बिरामी प्रदेश राजधानी सुर्खेतमा रहेका छन् । तीन वर्षको तथ्यांकले सुर्खेत जिल्लाभर जम्मा संख्या एक हजार एकसय ३३ रहेको थियो । आर्थिक वर्ष २०७६/०७७ मा क्षयरोगी संख्या चार सय १८ झरेको थियो । आर्थिक वर्ष २०७७/०७८ मा यो संख्या बढेर चार सय ३३ मा पुगेको थियो भने चालु आर्थिक वर्ष २०७८/०७९ को ६ महिनामा यो संख्या घटेर दुई सय ८१ मा झरेको तथ्यांकले देखाएको छ ।

यस्तै, सबैभन्दा कम बिरामी हुम्लामा रहेका छन् । आर्थिक वर्ष २०७६/०७७ मा २२ जना, २०७७/०७८ मा २४ जना थिए भने चालु आर्थिक वर्षको ६ महिनासम्म क्षयरोगीको संख्या ४ जना रहेको छ । यस्तै, डोल्पामा पनि क्षयरोगीको संख्या कम देखिएको छ । डोल्पामा दुई आर्थिक वर्ष २०७६/०७७ मा १७ जना, २०७७/०७८ मा फेरी बढेर २६ जना र चालु आर्थिक वर्षको ६ महिनामा पुनः बढेर २९ जना पुगेको छ ।

हुम्ला र डोल्पामा क्षयरोगीको संख्या कम हुनुमा क्षयरोग परीक्षण नहुनु हो । कमैले मात्र क्षयरोगको परिक्षण गर्ने भएका कारण यो संख्या बढ्न सक्ने निर्देशनालयको आँकलन छ । यि दुई जिल्लामा अझै पनि क्षयरोग परीक्षण केन्द्र (जीन विशेषज्ञ केन्द्र) को स्थापना हुन नसकेको निर्देशनालयका सुचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए ।

केसीका अनुसार जुम्लामा आर्थिक वर्ष २०७६/०७७ मा ८८ जना, २०७७/०७८ मा ७९ जना र चालु आर्थिक वर्षको ६ महिनामा घटेर ४३ मा झरेको छ भने कालिकोटमा आर्थिक वर्ष २०७६/०७७ मा ७२ जना, २०७७/०७८ मा ६२ जना र चालु आर्थिक वर्षको ६ महिनामा ४१ जना सक्रिय बिरामी रहेका छन् । यस्तै, दैलेखमा आर्थिक वर्ष २०७६/०७७ मा १४२ जना, २०७७/०७८ मा घटेर १२८ जना र चालु आर्थिक वर्षको ६ महिनामा यो संख्या घटेर ७९ मा झरेको छ ।

यस्तै, रुकुमपश्चिममा आर्थिक वर्ष २०७६र०७७ मा १६९ जना, २०७७/०७८ मा १३२ जना र चालु आर्थिक वर्षको ६ महिनामा ८० जना झरेको छ । सल्यानमा आर्थिक वर्ष २०७६/०७७ मा १६४ जना, २०७७/०७८ मा बढेर यो संख्या १७६ पुगेकोमा र चालु आर्थिक वर्षको ६ महिनामा यो संख्या घटेर १०९ आएको छ ।

यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा ८५ जना रहेकोमा यो संख्या ह्त्तै बढेर २०७७/०७८ मा १०० मा पुगेको थियो भने यो संख्या फेरी घटेर चालु आर्थिक वर्षको ६ महिनामा ५५ झरेको निर्देशनालयले जनाएको छ ।

पछिल्लो समय क्षयरोगका बिरामीको उपचारमा सन्तोषजनक सफलता प्राप्त भएको निर्देशनालयको दावी छ । आर्थिक वर्ष २०७५र०७६ मा ८४ प्रतिशत, आर्थिक वर्ष २०७६र०७७ मा ९६ प्रतिशत सफलता प्राप्त भएको अधिकारी केसीको भनाइ रहेको छ ।

यस्तै, २०७७/०७८ मा ९४ र आर्थिक वर्ष २०७८/०७९ को ६ महिनामा क्षयरोगको उपचारमा ८६ प्रतिशत सफलता प्राप्त भएको निर्देशनालयको भनाई छ । हाल कर्णालीमा क्षयरोग निवारणका लागि तीन सय ८ वटा क्षयरोग हेरचाह केन्द्र रहेका छन् भने २ वटा एमडीआर उपचार केन्द्र रहेका छन् ।

यस्तै, ८ जीन विशेषज्ञ केन्द्र रहेका छन् । हालसम्म डोल्पा र हुम्लामा भने जीन विशेषज्ञ केन्द्र स्थापना हुन सकेका छैनन् । यस्तै, माइक्रोस्कोपीको संख्या ४७ वटा छन् भने क्षयरोग सुचना केन्द्रको संख्या ५५ रहेको कर्णालीमा डाक्टर रेफरल सेन्टर भने अझै स्थापना भएको छैन । हाल नेपालभर डाक्टर रेफरल सेन्टरको संख्या सात रहेको जनाईएको छ ।

सम्बन्धितः

नेपालमा वार्षिक ६९ हजारमा क्षयराेग, १६ हजारकाे मृत्यु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *