ग्रेटवाल मोटर्सको हाभल एच६ ले पायो फाइभ स्टार रेटिङ

काठमाडौँ । अस्ट्रेलियन एनक्यापले गरेको क्रयास टेस्टमा ग्रेटवाल मोटर्सको हाभल एच६ एसयुभीले ५ स्टार रेटिङ पाएको छ । यो ब्रान्डको पोअर पिक–अप पछि हाभल एच६ ले दोस्रो पटक यस्तो रेटिङ पाएको हो ।

नेपाली बजारमा समेत उपलब्ध यो एसयुभीले एडल्ट अकुप्यान्ट प्रोटेक्सनमा ९० प्रतिशत, चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा ८८ प्रतिशत, भल्नरेबल रोड युजर प्रोटेक्सनमा ७३ प्रतिशत र सेफ्टी असिस्टमा ८१ प्रतिशतको स्कोर ल्याउँदै फाइभ–स्टार सुरक्षा मूल्याङ्कन प्राप्त गर्न सफल भएको जनाइएको छ ।

एएनक्यापका अनुसार हाभल एच६ ले साइड इफेक्ट र अब्लिक पोल टेस्ट, फ्रन्ट र रियर–सिट अक्युप्यान्ट ह्विप्ल्यास प्रोटेक्सन र फ्रन्टल अफसेट टेस्टमा फ्रन्ट–सिट प्यासेन्जर प्रोटेक्सनमा पूर्णाङ्क पाएको छ । चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा परप्परागत विशिष्ट बाल प्रतिबन्धहरुको दायरालाई सुरक्षित रुपमा समायोजन गर्ने एच६ लाई एएनक्यापले प्रशंसा गरेको छ । यसैगरी टर्न–अक्रस–पाथ इन्टरसेक्सन परिक्षणमा अर्को गाडीसँग ठोक्किनबाट रोक्ने क्षमता भएकोमा पनि उसलले हाभाल एच६ को जंक्सन असिस्ट फिचरको समेत प्रशंसा गरेको छ ।

यो एसयुभीको को सक्रिय सुरक्षा सुविधाहरुलाई तारिफ गर्दै उसले सबै आपतकालिन लेन राख्ने परिक्षण अवस्थाहरुसँगै कार–टु–कार र कार–टु–साइक्लिस्ट अटोनोमस इमर्जेन्सी ब्रेकिङ क्षमताहरुलाई राम्रो मूल्याङ्कन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *