सल्यानका ३७८ जेष्ठ नागरिककाे स्वास्थ्य परीक्षण

सुर्खेत । सल्यानमा जेष्ठ नागरिकहरूको घरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको छ । बुधबार स्वास्थ्यकर्मीहरूले कपुरकोट गाउँपालिकामा रहेका जेष्ठ नागरिकहरूको घरमै पुगेर परीक्षण गरेका हुन् ।

गाउँपालिकाको नीति अनुसार नै स्वास्थ्यकर्मीहरूलाई जेष्ठ नागरिकको घरदैलोमा खटाए स्वास्थ्य परीक्षण गरिएको गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले जानकारी दिए ।

अध्यक्ष सोनले ७० वर्ष भन्दा माथीका जेष्ठ नागरिकहरूलाई सम्बन्धित वडा तथा घरदैलोमै पुगेर स्वास्थ्य परिक्षणसँगै निःशुल्क औषधि वितरणको ब्यवस्था मिलाईएको बताए । ‘गाउँपालिकाले २१९ जना महिला र १५९ जना पुरुष गरि जम्मा तीन सय ७८ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको हो’, अध्यक्ष सेनले ।

गाउँपालिकाले जेष्ठ नागरिकप्रति परिवार, समाज सबैको सम्मान बढाउनका लागि हरेक वर्ष जेष्ठ नागरिकहरूलाई सम्मान गर्दै आएको कपुरकोट गाउँपालिका अध्यक्ष सोनीले बताए ।

यस्तै, गाउँपालिका–१ मा ६४ जना, २ मा २९ जना, ३ मा ३९ जना, ४ मा ५७ जना ७० वर्ष माथीका जेष्ठ नागरिकलाई परिक्षण गरिएको छ भने ५ नम्बर वडामा ७४ र ६ नम्बर वडामा एकसय चार जेष्ठ नागरिकको स्वास्थ्य चेकजाँच, परामर्श र औषधि वितरण गरिएको स्वास्थ्य शाखाका सिनियर अहेब सुवाश हमालले जानकारी दिए ।

यस्तै, रिम स्वास्थ्य चौकी कपुरकोट–५ का अहेव टिकाराम न्यौपानेले स्वास्थ्य परिक्षण गरिएका ज्येष्ठ नागरिकहरूमा केहिलाई सामान्य प्रेसर, दम, गेष्ट्रीक, हाड जोर्नी दुख्ने जस्ता समस्या देखिएको र स्वास्थ्यकर्मीहरू घरमै पुगेर चेकजाँच गर्दा खुसी भएको बताए ।

जेष्ठ नागरिकको उपचारको लागि सम्बन्धित वडामा रहेका स्वास्थ्य चौकी तथा सामुदायीक स्वास्थ्य इकाईका स्वास्थ्यकर्मीहरूलाई प्रभावकारी ढंगले परिचालन गरिएको गाउँपालिकाले जनाएको छ । हिँडेर अस्पताल तथा स्वास्थ्य संस्थासम्म जान नसक्ने जेष्ठ नागरिकहरूले घरमै निःशुल्क रूपमा स्वास्थ्य सेवा पाएपछि हर्षित भएका स्वास्थ्यकर्मीको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *