घनश्याम कमरेडकाे ‘वाम एकता’काे प्रस्ताव निरर्थक : महेश बस्नेत

काठमाडाैँ । एमाले केन्द्रीय सदस्य महेश बस्नेतले नेता घनश्याम भुसालले पाेलिट्ब्यूराे बैठकमा ल्याएकाे वाम एकताकाे प्रस्ताव निरर्थक रहेकाे बताएका छन् । बुधबार बबरमहलमा बसिरहेकाे केन्द्रीय कमिटीकाे बैठकमा पत्रकारहरूसँग कुराकानी गर्दै बस्नेतले यस्ताे बताएका हुन् । ‘मचाहिँ उहाँले गर्नुभएकाे वाम एकताकाे प्रस्तावलाई निरर्थक देख्छु,’ उनले भनेका छन् ।

नेता भुसालकाे प्रस्ताव एमालेकाे नीतिविपरीत र विधानकाे विरुद्धमा भएका औंल्याउँदै बस्नेतले यसकाे सम्भावना नै नभएकाे बताएका छन् । ‘कमरेड घनश्याम आफूलाई अलिक विद्वानकाे रूपमा प्रस्तुत गर्नुहुन्छ । सिङ्गाे कम्युनिष्ट आन्दाेलनकाे जानकारी व्यक्ति आफूलाई ठान्नुहुन्छ र कहिलेकाहीँ यस्ताे प्रस्तावहरू ल्याइरहनुहुन्छ । तर त्यसकाे अर्थचाहिँ हुँदैन,’ बस्नेतले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 16 =