काठमाडौँ विश्वकै ११औँ ‘प्रदूषित शहर’
२०७८ चैत ९ गते

काठमाडौँ । काठमाडौँ विश्वकै ११औँ प्रदूषित शहरको सूचीमा परेको छ । मंगलबार बिहान ११ः४० बजेको तथ्यांकअनुसार काठमाडौँको वायु विश्वको ११औं प्रदूषित शहरभित्रको सूचीमा परेको हो ।
वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्यु एयरको लाइभ अपडेटमा पाकिस्तानको लाहोर विश्वकै प्रदूषित शहरको पहिलो स्थानमा छ । दोस्रोमा भारतको राजधानी नयाँ दिल्ली छ । यो सूचकाङ्क १५१ नाघेमा अस्वस्थकर मानिन्छ ।
नेपाल सरकारले उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजनामा वायु प्रदूषण आपत्कालसम्बन्धी व्यवस्था गरेको छ । मन्त्रिपरिषद् बैठकले तीन माघ २०७६ मा पारित गरेको यो कार्ययोजनामा स्पष्ट रुपमा ३०० एक्यूआई नाघेपछि विपद् घोषणा गर्ने भनिएको छ । अहिले काठमाडौँको एक्यूआई १५३ को हाराहारीमा छ ।

२०७८ चैत ९ गते
प्रतिक्रिया
सम्बन्धित








