नबिल बैंकको ‘बसन्ती प्रेरणादायी पात्र’ अभियान

काठमाडौँ । एसिड आक्रमणबाट बाँच्न सफल बसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान सुरु गरेको छ ।

बसन्ती परियार एक यस्ती महिला हुन्, जसलाई पीडकले एसिड मात्र छर्केन, ६ पटकसम्म चक्कु प्रहार गरेर मरणासन्न हुने गरी आक्रमण गर्‍यो । एसिड आक्रमणबाट बाँच्न सफल उनी अब एउटा पीडितका रूपमा नभई बहादुरी जीवनयापनका रूपमा आफ्नो पहिचान बनाउन चाहन्छिन् ।

विगतका पीडालाई भुल्न नसके पनि बसन्ती ती पीडाविरुद्ध लड्ने आँट भएकी प्रेरणादायक महिलाका रूपमा अघि बढिरहेकी छन् । बसन्तीको आँट, साहस, बहादुरी र आत्मविश्वासी अभियानलाई साथ दिन नबिल बैंकले यो पहल गरेको जनाएको छ । यो अभियानमार्फत नबिलले मानिसको भित्री रूपको शक्ति र सामर्थ्यलाई जोड दिने सन्देशसहित यो अभियानमार्फत सौन्दर्यलाई नयाँ तरिकाले चित्रण गर्ने उद्देश्य राखेको जनाइएको छ ।

यसबाहेक, नबिल एसिड आक्रमणको अँध्यारो र उज्यालो पक्षहरूलाई उजागर गर्ने प्रयास गर्ने जनाइएको छ । यस अभियानको सुरुवात गर्न बैंकले बसन्तीलाई चित्रण गर्ने सचेतनामूलक भिडियो तयार गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 17 =