सुख्खा पहिरो खस्दा दाङ-सल्यान सडकखण्ड अवरुद्ध
२०७८ चैत ९ गते

काठमाडाैँ । सुख्खा पहिरोले स्काभेटर पुरिएपछि राप्ती लोकमार्गअन्तर्गत दाङ-सल्यान सडकखण्ड अवरुद्ध भएको छ ।
सल्यानको कपुरकोट-३ चोरखोला नजिक छाँगामा सडक निर्माण गर्ने क्रममा मंगलबार बेलुकी खसेको पहिरोले बा २ क ८०७७० नम्बरको स्काभेटर पुरिएको हो । पहिरोमा परेर स्काभेटर चालक हिमनाथ योगी सामान्य घाइते छन् ।
घटनास्थलमा अर्को एउटा स्काभेटर भएपनि सडक खुलाउन सकेको छैन । दाङबाट अर्को स्काभेटर लगेर पहिरो हटाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
२०७८ चैत ९ गते
प्रतिक्रिया
सम्बन्धित








