दातृ निकायले चासो नदेखाए नेपाल आफैँले विस्तारित वीर अस्पताल बनाउनुपर्छ : स्वास्थ्यमन्त्री

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले दातृ निकायले चासो नदेखाए नेपाल सरकारले नै भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पताल निर्माण गर्नुपर्ने बताएका छन् ।

मन्त्री खतिवडाले भक्तपुरको दुवाकोटमा वीर अस्पताल विस्तारको परियोजनाको अनुगमनका साथै स्थानीयसँग छलफल गर्दै दातृ निकायको बाटो कुर्दा अस्पताल निर्माण नै अन्यौल भएको भन्दै सरकारलै नै अस्पताल निर्माण गर्नुपर्ने र यसका लागि छलफल गर्ने बताएका हुन् । अस्पताल निर्माणका क्रममा देखिएको स्थानीयको समस्या पनि समाधान गर्ने उनले बताए । त्यस्तै उनले पूर्णरूपमा अस्पताल निर्माण नभएसम्म दुवाकोटमा ल्याब र एक्सरे सेवा शुरू गर्ने घोषणा गरे ।

स्थानीयहरूले भने अस्पताल निर्माणका लागि सहयोग गर्न तयार हुँदा पनि राज्यले चासो नदेखाएको गुनासो गरे । स्थानीयहरूको अन्य समस्याका बारेमा पनि सरोकारवालाले कुनै चासो नदेखाउनु दुखद भएको उनीहरूको भनाई छ ।

कार्यक्रममा वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतले स्थानीयको माग र सरकारको निर्देशन बमोजिम आफुहरू सेवा दिन तत्पर रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =